तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७२ जना सहसचिवको सरुवा

832
shares

काठमाडाैँ । सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साेमबार उक्त संख्यामा सहसचिवहरूको सरुवा गरको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका ७२ जना उच्चपदस्थ कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।यो सरुवामार्फत विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ ।

निर्णयअनुसार, देशका दुई महत्त्वपूर्ण महानगरपालिकाहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्। लोक सेवा आयोगमा कार्यरत मुक्ति राम अर्याललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव योगेन्द्र प्रसाद दुलाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाइएको छ ।

सरुवाले प्रदेश तहको प्रशासनिक नेतृत्वमा पनि उल्लेख्य परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी दिइएको छ ।यसैगरी, विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूलाई मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिवका रूपमा पठाइएको छ ।गृह, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन जस्ता महत्त्वपूर्ण मन्त्रालयहरूमा पनि नयाँ सहसचिवहरूले जिम्मेवारी पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत सहसचिवहरूको सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports