तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ठमेलको होस्टेलबाट सञ्चालक र एक भारतीय जुवा खेलाउदै गर्दा पक्राउ

533
shares

काठमाडौं  – ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाउँदै गरेका दुई जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाग्लुङ थाईवाङ घर भई हाल काठमाडौं-२६ बस्ने ठमेल होस्टलका सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई हाल काठमाडौं-२६ बस्ने भारतीय नागरिक जसपाल सिंह छन्।महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई होस्टेलको पाँचौं तलाबाट मंगलबार पक्राउ गरेको हो।

ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाउँदै गरेका दुई जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाग्लुङ थाईवाङ घर भई हाल काठमाडौं-२६ बस्ने ठमेल होस्टलका सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई हाल काठमाडौं-२६ बस्ने भारतीय नागरिक जसपाल सिंह छन्।महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई होस्टेलको पाँचौं तलाबाट मंगलबार पक्राउ गरेको हो।

यसैगरी, सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकको पाँच लाख ६५ हजार रुपैयाँको भौचर, इन्भेष्टमेन्ट बैंकको भौचर १८ लाख ४९ हजार, वाणिज्य बैंकको ३२ हजारको भौचर, सानिमा बैंकको दुई लाख र आइएमइबाट कारोबार गरेको पचास हजार रुपैयाँको भौचर बरामद भएको छ।

पक्राउ परेकाले मोबाइलबाट जुवा खेलाउने गरेको पाइएको छ। उनीहरूले सट्टाबाजीको लागि क्वाइन, सिक्का प्रयोग गर्ने गरेका थिए।अनलाइन बेटिङका लाथि टेबल पेपर, हिसाब-किताब गरेको पाना, डायरी, मोबाइलहरू बरामद भएको मैनालीले बताए।लैनचौर वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालका अनुसार क्षेत्री पहिलेदेखि नै अनलाइन जुवा खेलाउने गर्थे। प्रिमियर लिग, आइपिएललगायतमा उनी बेटिङ गर्ने गरेका थिए।

सिंह क्षेत्रीका लागि ग्राहक खोज्ने काम गर्थे। उनीहरूलाई बोलाउने र युजर आइडी बनाइदिने काम गर्थे।‘युजर आइडी बनाएपछि त्यहीँ पैसा लिने, चेक लिने वा इसेवाबाट भुक्तानी लिने गरेर जुवा खेलाउने गरेको पाइयो,’ दाहालले  भने।उनीहरूसँग जोडिएका ग्राहकहरू कहाँ-कहाँ छन् भन्नेबारे अनुसन्धान भइरहेको दाहालले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports