सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्ड र माधव नेपालको चुनाव पछि धकेल्ने रणनीति

468
shares

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा प्रतिनिधिसभको अर्ली इलेक्शन गर्ने प्रतास्ताव गरेको केही दिनमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७९ चैतमा तीन तहको चुनाव एकैपल्ट गर्ने अभिव्यक्ति दिएका छन् । सत्ता गठबन्धनको घटक दलहरुका नेताले दिएको फरक फरक अभिव्यक्तिले राजनीतिकवृत्तमा तरंग ल्याएको छ ।

संविधान अनुसार स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुपर्ने र प्रतिनिधि सभाको चुनाव २०७९ मंसिरभित्र गरिसक्नुपर्नेबारे निर्वाचन आयोगले जानकारी गराइसकेकोछ । नेकपा एमालेले पनि यसलाई आधार मानेर तोकिएको मितिमा चुनाव गर्न दबाब दिइरहेको छ ।सत्तारुढ दल नेपाली काँग्रेसभित्र पनि चुनावबारे धारणाहरु आइरहेका छन् । सभापति शेरबहादुर देउवाले आगामी वर्ष तीन तहको चुनाव गर्ने अभिव्यक्ति गरेका छन् । तर, उनले कहिले चुनाव घोषणा गर्ने बोलेका छैनन् । शेखर कोइराला समूहले स्थानीय निकायको निर्वाचन संविधान अनुसार वैशाखभित्र गर्नुपर्नेमा जोड दिएका छन् । प्रकाशमान सिंहले पनि यहीबारे बोलेका छन् । तर, देउवा मौन बसेका छन् ।

चुनाव धकेल्न प्रचण्ड र माधवकुमार नेपाल लागेको स्पष्ट संकेतहरु मिलिसकेको छ । प्रचण्ड स्थानीय चुनाव पछि या प्रतिनिधि सभा चुनाव सँगै गर्ने पक्षमा छन् । उनीनिकट कानून व्यवसायीले यही बोली बोलेका छन् ।तीन तहको चुनाव मंसिर या चैत्रमा गरेमा प्रधानमन्त्री पद लम्ब्याउन सकिने देउवाको बुझाई देखिन्छ । यसकारण उनी प्रचण्ड र माधव नेपालको बोलीलाई मौन समर्थन दिइरहेका छन् । चुनाव धकेलेर प्रचण्ड र माधव नेपालले शक्ति सञ्चयको समय लिएको देखिदैछ । उनीहरु एक भएर चुनावमा जाने तयारीमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports