तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय परराष्ट्र सचिव मिस्रीद्वारा विशेष समारोहबिच नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण

520
shares

काठमाडौं । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहबिच नेपाली सेनालाई विभिन्न सामग्री हस्तान्तरण गरेका छन्।

सो अवसरमा मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई लाइट स्ट्राइक वाहन, क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।यस किसिमको सहयोगले दुई देशका सेनाबीचको घनिष्ठ सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई प्रतिविम्बित गर्ने जनाइएको छ।

परराष्ट्र सचिव मिस्रीका अनुसार, यो साझेदारीले दुवै सेनाबीचको विश्वास र दीर्घकालीन मित्रताको आत्मालाई प्रकट गर्ने कार्य गरेको छ।नेपाली सेनाले पनि यस सहयोगलाई स्वागत गर्दै भविष्यमा अझै प्रभावकारी सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports