तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकर्स संघको आग्रह:क्रिप्टो वा अन्य भर्चुअल करेन्सीको कारोबार गर्नु गैर कानुनी

494
shares

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार÷व्यवसाय गैरकानूनी रहेकोले त्यसको कारोबार नगर्न आग्रह गरेको छ । संघले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने  जनाएको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो÷भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो÷भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्घ भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतले कारोबार नगर्न संघले आग्रह गरेको छ ।

यस अघि राष्ट्र बैंकले पनि नेपाल भित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र बिदेशमा बस्ने नेपाली नागरिकहरु समेतलाई क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार÷व्यवसाय गैरकानूनी भएकोले कारोबार नगर्न भनेको थियो ।

राजश्व अनुसन्धान विभागले हिजो मात्र क्रिप्टो कारोबार गर्ने ४ जना विरुद्द ३७ करोडको मुद्दा दायर गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports