विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बनाईन विश्व रेर्कड

598
shares

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली व्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा सफलताको कामना गरेको छ ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाइलाई छुन सफल भएकोमा खुसी जनाएको छ । महासंघले यसअघि नेपालका अर्का उदीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा परेको सार्वजनिक गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports