kumari
stcnepal

पार्टीको निर्देशन विपरीत राप्रपाका दुई सांसद‍ले मतदान गरे

१२ माघ, हेटौंडा । प्रदेश-१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन् ।बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा-८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका थिए ।

मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले हिजो साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको प्रतिकृया दिएकी छन् भने अर्की सांसद रिना गुरुङले प्रतिकृया दिन चाहिनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।

footer