सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन बैङ्कको एफपीओ नेप्सेमा सूचीकृत

858
shares

काठमाडौं । हिमालयन बैंकको एफपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । एफपीओ सूचीकृत भएसँगै अब डिम्याट खातामा आएलगत्तै कारोबार हुन सक्नेछ ।

९ लाख २५ हजार ४६ जनाल बैंकको एफपीओ पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले पाएका छन् ।सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा ३० प्रतिशत पनि नपुगेपछि एफपीओ जारी भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको हो । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २०६ रुपैयाँ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports