संधीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित
वि.सं.२०८२ भदौ १७ मंगलवार २०:२९
shares

काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिईन ।
पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथी छलफल गरियोस भन्ने प्रस्ताव गरेकी थिईन ।
मन्त्रीले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरुले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन् ।






































