नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणाथी प्रकरण : भोली बुधबार देखी अन्तिम सुनुवाइ जिल्ला अदालतमा काठमाडौँ हुने

1.04K
shares

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको अभियोगमा दायर मुद्दाको अन्तिम सुनुवाइ बुधवारदेखि जिल्ला अदालत काठमाडौंमा सुरु हुँदै छ ।

दुई वर्षदेखि विचाराधीन यो मुद्दामा साक्षी बुझ्ने र बकपत्रको काम सकिएपछि साप्ताहिक पेसी सूचीमा राखिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।पछि ९ वैशाख र २९ साउन २०८१ मा पूरक मुद्दा दायर भए । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३१ जनाविरुद्ध अभियोग छ ।

प्रहरीले १२ चैत २०७९ मा केशव दुलालसहित केहीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । मुद्दा ३२ पटक पेसी चढिसकेको छ, जसमध्ये वैशाख २०८२ यता २२ पटक तोकिएको छ । केही अभियुक्त धरौटीमा छुटेका छन् भने केही थुनामा छन् ।

यी हुन् शरणार्थी प्रकरणका अभियुक्त

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी

तत्कालीन उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी

पूर्व गृहमन्त्री बालकृष्ण खाँण

हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ

तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी

तत्कालीन गृहसचिव टेकनारायण पाण्डे

तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा

तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई

तत्कालीन गृहमन्त्रीका थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राई

शरणार्थी प्रकरणका बिचौलिया केशव दुलाल

बिचौलिया दुलालकी पत्नी दीपा हुमागाईं

शरणार्थी प्रकरणका बिचौलिया सानु भण्डारी

गिरोहको नेटवर्कमा बसेर काम गर्ने अभियुक्तहरू

टंककुमार गुरुङ

मोहनराज राई

निरञ्जनकुमार खरेल

केशव तुलाधर

हरिभक्त महर्जन

महर्जनकी पत्नी लक्ष्मी महर्जन

राजेश अर्याल

विनीता सावदेन लिम्बु

सागर राई

आशिष बुढाथोकी

सुनिल बुढाथोकी

रामशरण केसी

सन्देश शर्मा

अशोक पोखरेल

गोविन्दकुमार चौधरी

धिरेन राई

बेचन झा

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports