सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनु महिला सशक्तीकरणको उदाहरण : भारतीय प्रधानमन्त्री मोदी

689
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनु महिला सशक्तीकरणको उदाहरण भएको बताएका छन् ।

मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले नेपालका समकक्षी कार्कीलाई बधाइ दिएका छन् ।‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो,’ मोदीले भनेका छन्, ‘आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’

जेनजी प्रदर्शनपछि क्षतिग्रस्त संरचनाहरू सरसफाइबारे पनि मोदीले बोलेका छन् । उनले यस्तो दृश्यलाई नयाँ नेपाल निर्माणको संकेत भनेका छन् ।‘पछिल्लो दुई तीन दिनदेखि नेपालका युवक युवती सडकको सफाइ र रंगरोगनको काम पवित्र भावना र मिहेनतका साथ गरिरहेका छन् । सामाजिक सञ्जालमा आइरहेको उनीहरूको तस्वीर मैले पनि देखेको छु,’ मोदीले भनेका छन्, ‘यो सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायक मात्र छैन, नेपाल नवउदयको स्पष्ट संकेत पनि हो । म नेपालको उज्वल भविष्यका लागि शुभकामना दिन्छु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports