सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा विघटन प्रति नेकपा एमालेको असहमति

572
shares

काठमाडौं । नेकपा (एमाल)ले प्रतिनिधिसभा विघटनप्रति गम्भीर असहमति रहेको जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरे लगत्तै उनकै सिफारिसमा राष्ट्रपतिबाट गरिएको प्रतिनिधिसभा विघटनको घोषणाप्रति एमाले गम्भीर भएको पार्टीका महासचिव शंकर पोखरेलले बताएका हुन् ।‘विगतमा कुनै पनि परिस्थितिमा प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशको लागि मार्ग प्रशस्त गर्ने मुद्दा असंवैधानिक हुने निर्णय स्वयम् सर्वोच्च अदालतले फैसला गरिसकेको छ । हाम्रो पार्टी अदालतको सोही व्याख्या अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट गरिएको घोषणाको संवैधानिक वैधता नरहेकोमा स्पष्ट छ । तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर तथा चिन्तित छ ।’ महासचिव पोखरेलले प्रेस वक्तव्य जारी गर्दै भनेका छन् ।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र गहिरो छानबिन गरी दोषीहरुलाई कानुनी कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने र कसैबाट पनि भएको कुनै पनि प्रकारको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नेमा पार्टीको विमति नरहेको र यस प्रकृतिका आयोगहरुलाई आवश्यक सहयोग गर्न पार्टी तयार उल्लेख गरेका छन् ।‘मुलुकमा उत्पन्न असामान्य परिस्थितिमाझ नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र र आन्दोलनका अन्य उपलब्धीहरुको रक्षाका लागि संविधान पक्षधर शक्तिहरुबीच निरन्तर संवाद, समझदारी निर्माण र सहकार्य आवश्यक भएको कुरामा विशेष जोड दिन चाहन्छौं ।’ महासचिव पोखरेलले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports