सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाए

611
shares

काठमाडौँ । बुद्ध धर्मगुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई पत्र पठाएका छन् ।

भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा दलाई लामाले नेपाली र तिब्बती जनताबिचको ऐतिहासिक सम्बन्धको स्मरण गरेका छन् । उनले पत्रमा लेखेका छन्, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनताबिच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको छ ।’दलाई लामाले नेपाल सरकार र नेपाली जनताप्रति विशेष कृतज्ञता व्यक्त गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेपाली जनताले सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भागेका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा म धेरै आभारी छु।’

उनले तिब्बती समुदाय सानो भए पनि नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइरहेको विश्वास व्यक्त गरेका छन् । आफ्नो पत्रमा लामाले नेपालले वर्षौंदेखि जीवनका सबै क्षेत्रमा उल्लेख्य विकास र बढ्दो समृद्धि हासिल गरेको उल्लेख गरेका छन् । ‘यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा साँच्चै सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,’ पत्रका उल्लेख छ ।

लामाले आफ्नो पत्रको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै भनेका छन्, ‘यी चुनौतीपूर्ण समयमा नेपालका जनताको आशा र आकाङ्क्षाहरू पूरा गर्न तपाईंलाई हरेक सफलता मिलोस् भन्ने कामना गर्दछु । मेरा प्रार्थना र शुभकामनाहरू तपाईंसँग छन्।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports