रवि लामिछाने कारागार फर्किए
वि.सं.२०८२ भदौ २८ शनिवार १९:५४
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।शनिबार लामिछाने नख्खु कारागार फर्किएको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको भन्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए ।तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनी सहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।




































