आज मन्त्रिपरिषदको बिस्तार हुने
वि.सं.२०८२ भदौ २९ आइतवार ०८:३५
shares

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।
शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।
उनले जेनजी आन्दोलनका नेतृत्वसँगको छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।




































