सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री यादव विरुद्ध पाँच वर्ष कैदको माग गर्दै कांग्रेस नेताले दिए जाहेरी

494
shares

गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्तिले हिंसालाई प्रश्रय दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।नेपाली कांग्रेसका नेता रञ्जित कर्णले हुलाक मार्फत जिल्ला प्रहरी कार्यालय रौतहट समक्ष जाहेरी दिएका हुन् ।मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताको अवरोधप्रति आक्रोश व्यक्त गर्दै गौर हत्याकाण्ड दोहोर्‍याउने चेतावनी दिएकी थिइन् ।

रौतहटको गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २०६३ चैत ७ गते माओवादीका २७ कार्यकर्ताको सामूहिक हत्या गरेका थिए । उक्त प्रकरणलाई गौर हत्याकाण्डका रूपमा चर्चा गर्ने गरिएको छ ।
नेता कर्णले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसूर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम सजायको माग दाबी गरेका छन् ।मुलुकी अपराधसंहिता २०७४ को दफा ४ को कसूर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

साथै कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।’तत्कालीन मधेशी जनअधिकार फोरम नेपालले गौरको राइस मिलमा मिति २०६३ चैत ७ गते नेकपा माओवादीका २७ जना कार्यकर्तालाई विभत्स हत्या गरेको घटना भवितव्य हो, नियोजित होइन भन्दै आएका वर्तमान जसपा अध्यक्ष उपेन्द्र यादवको दाबीलाई गलत सावित गर्दै गर्वका साथ पुन: यस्ता घटना घटाउने र त्यसमा तपाईं पनि मारिन सक्ने भन्ने अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानूनबमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवासमक्ष सादर अनुरोध छ,’ ज्ञापन पत्रमा भनिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports