सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

UNIFIL Mission, Lebanon मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली सम्पन्न

481
shares

 

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७८ माघ १३ गते UNITED NATIONS INTERIM FORCE IN LEBANON (UNIFIL) मा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फालाई बदली गर्नको लागि श्री गोरख बक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको अन्तिम फ्लाईटमा सेनानी ईन्द्रभक्त महर्जनको नेतृत्वमा २१४ जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Ethiopian Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

कोभिड-१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको व्यहोरा समेत जानकारी गराइन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports