हाल सम्मकै उच्च मूल्यमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० ले बढेर प्रतितोला २ लाख १७ हजार ८०० मूल्य कायम
वि.सं.२०८२ असोज ६ सोमवार ११:०५
shares

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ ।आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।



































