२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पको अमेरिका आउने सबै मध्यम तथा ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

1K
shares

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि अमेरिका आउने सबै मध्यम तथा ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ट्रम्पले सोमबार ‘ट्रुथ सोसल’ मार्फत यो जानकारी दिएका हुन्।

उनले आफ्नो पोस्टमा शुल्क लाग्ने देशहरूको नाम स्पष्ट रूपमा उल्लेख गरेनन्, तर यो शुल्क ‘अन्य देशहरूबाट अमेरिका आउने’ ट्रकहरूमा लागू हुने बताए। ‘नोभेम्बर १, २०२५ देखि, अन्य देशहरूबाट अमेरिका आउने सबै मध्यम र ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाइनेछ,’ ट्रम्पले लेखेका छन्।राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा अमेरिकी व्यापार नीतिमा ठुलो परिवर्तन गरिरहेका छन्। उनले अप्रिलमा सबै देशहरूमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जसमा केही देशहरूमा भने यो दर अझ उच्च छ।

ट्रम्पले हाल भारतमा कुल ५० प्रतिशत कर लगाएका छन्। उनले पहिले २५ प्रतिशत कर लगाउने घोषणा गरे पनि, भारतले रुसबाट तेल खरिद गरेपछि उनले थप २५ प्रतिशत कर लगाएर कुल ५० प्रतिशत पुर्‍याएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports