सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लगातार दोस्रो पटक टी-२० विश्व कपमा छनोट

845
shares

काठमाडौं । नेपालले लगातार दोस्रोपटक टी २० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीमले विश्वकपको टिकट काटेका हुन् । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

अहिले भर्खर सकिएको खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो । प्रतियोगितामा अपराजित रहेका दुवै टीम दुई खेल बाँकी छँदै विश्वकपमा पुगेका छन् ।नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ भने नेपाल दोस्रोमा । अहिले हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिन सक्नेछ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

२०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरुलाई कडा टक्कर दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports