२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिलद्वारा तथ्य जाँच कार्यदल गठन

1.21K
shares

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ । सदस्य भीमलाल श्रेष्ठको संयोजकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो ।

काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरण गराउँदै वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न सम्पूर्ण पत्रकार तथा आमसञ्चार माध्यमलाई अपिल गरेको छ ।साथै सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन यस्तो आग्रह गरेको हो ।

देशभरका आमसञ्चार माध्यममार्फत विज्ञापन बोर्डसँग समन्वय गरी पत्रकार आचारसंहितासम्बन्धी सन्देशमूलक सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।देशभरका पत्रकार र आमसञ्चार माध्यमको आधुनिकीकरण गर्नुपर्ने तथा व्यावसायिकता बढाउनुपर्ने भएकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पत्रकार तथा आमसञ्चार माध्यमलाई समेत विद्यमान सेवा–सुविधा उपलब्ध गराउन आवश्यकताअनुसार मिडिया विकास कोषसम्बन्धी विनियम र नीति संशोधन गरी प्रक्रिया अघि बढाउन सुझाव दिने समेत निर्णय गरेको प्रेस काउन्सिल नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports