२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेइजिङ स्थित नेपाली राजदूतावासको पूर्वाधार पुनर्निर्माणको राष्ट्रिय अभियानमा सघाउन अपील

975
shares

काठमाडौं । चीनको बेइजिङस्थित नेपाली राजदूतावासले पूर्वाधार पुनर्निर्माणको राष्ट्रिय अभियानमा सघाउन अपील गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै २३ र २४ भदौमा चलेको जेनजी आन्दोलनको क्रममा देशभरका महत्वपूर्ण भौतिक पूर्वाधारहरूमा भयानक क्षति भएको भन्दै पुनर्निर्माणमा सघाउन अपील गरेको हो।‘८ र ९ सेप्टेम्बर २०२५ (२३ र २४ भदौ २०८२) मा जेनजी आन्दोलनको क्रममा देशभरका भौतिक पूर्वाधारमा असाधारण क्षति पुगेको छ। नेपाल सरकारले उद्दार, ध्वस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, तहसनहस भएको आर्थिक क्षेत्रको पुनर्स्थापनालगायतमा सहायताका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ,’ दूतावासले भनेको छ, ‘बेइजिङस्थित नेपाली दूतावास आफ्ना नागरिकहरू, गैरआवासीय नेपाली समुदाय र चिनियाँ समुदाय, अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पुनर्निर्माणमा सघाउन हार्दिक अपील गर्दछ।’

दूतावासले देश पुनर्निर्माणको राष्ट्रिय महाअभियानमा जोडिन चाहने नेपाली नागरिकहरूले आर्थिक सहायताको योगदान गरेमा वर्तमान आर्थिक वर्षको करयोग्य आम्दानीबाट त्यसलाई घटाइने जानकारी गराएको छ।दूवतावासले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहायताको लागि सिंहदरबार काठमाडौंस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports