सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजी आन्दोलनमा प्रहरीको ज्यान माथि आक्रमण गर्ने एक जना पक्राउ

624
shares

काठमाडौँ । प्रहरीको ज्यानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरीको ज्यानमाथि आक्रमण गर्ने,आगजनी गर्ने, हतियार लुटपाट गर्ने अपराधमा संलग्न आरोपमा ४८ वर्षीय गौतम घिसिङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनी दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्दै आएका थिए ।प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोली माथि आक्रमण गरी बर्दी खोल्न लगाई बागमती खोलामा साङ्घातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गरेकाे आराेपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए ।

भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा आठ दिनको म्याद थप भई घिसिङमाथि अनुसन्धान भइरहेको छ । उनी प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भई फरार रहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports