प्रधानमन्त्री कार्कीले निर्वाचनबारे छलफल गर्न दलहरूको बैठक बोलाइन्
वि.सं.२०८२ कात्तिक २ आइतवार २०:३५
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् ।
अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ ।‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ‘केहीलाई जाँदैछ । मंगलबार छलफल हुन्छ ।’स्रोतका अनुसार, प्रत्येक दलबाट २/२ जनालाई छलफलमा बोलाइएको छ ।
सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए । उक्त छलफलमा पनि प्रधानमन्त्री कार्की सहभागी थिइन् । यद्यपि दलहरूले भने उक्त छलफललाई सरकारको पहलबाट नभएको बताएको थियो ।



































