यस्तो रहनेछ लक्ष्मी पूजा देखी भाइ टिका सम्मको मौसम
वि.सं.२०८२ कात्तिक ३ सोमवार ०८:५९
shares

काठमाडौं — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि मौसम बुलेटिन जारी गरेको छ। महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ।
कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ।औँसीका दिन कार्तिक ४ गते पनि यस्तै मौसम रहँदै पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा सफा मौसम रहनेछ। कार्तिक ५ गते गोवर्धन पूजाका अवसरमा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।


































