सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय जेन जी पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

819
shares

काठमाडौं। राष्ट्रिय जेनजी पार्टी नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो ।निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ । आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले नाम र चिन्हमा सुधार गर्न सुझाएका छन् । पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ ।

दलको संघीय कार्यालय अनामनगरमा रहेको छ । विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ । पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ ।राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेको छ ।दलको अध्यक्षमा ३२ वर्षीय किरण विक चयन भएका छन् । बुटवलका निवासी विक जेनजी आन्दोलनका सक्रिय अभियन्ता हुन् । उनले फिल्म मेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर गरेका छन् ।

पार्टीले एजेन्डा मिल्ने दल र समूहसँग सहकार्यको ढोका खुला राखेको जनाएको छ । निर्वाचन आयोगले आवश्यक कागजातसहित कात्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ ।राष्ट्रिय जेनजी पार्टी नेपालले सम्पूर्ण जेनजी आन्दोलनका सहभागी, नागरिक र राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports