गृहमन्त्री अर्यालले फैल्याए झुठा अफवाह
वि.सं.२०८२ कात्तिक ३ सोमवार ११:३८
shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का अमेरिका भागेका भनेर झुठा अफवाह फैल्याएको पुष्टि भएको छ । खड्काले हालै आफ्नो जलेको घरमा सार्वजनिक भएका छन् । खड्काले आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरमा पत्रकार सम्मेलन गरेपछि अर्यालले बोलेको सफेट झुठ सावित भएको छ ।
यसअघि गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि खड्का भागेको दाबी गरेका थिए । गृहमन्त्री अर्यालले एक अन्तरवार्तामा भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ ।’ भन्दै दलका नेताहरुलाई तर्साउन खोजिरहेको बेला खड्का सार्वजनिक भएका हुन् ।



































