सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक, अभियान साप्ताहिक ‘क’ बर्गमा नै

468
shares

साताको हरेक शुक्रबार प्रकाशित हुँदै आएको अभियान साप्ताहिक अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि क बर्गमा वर्गीकृत भएको छ।प्रेस काउन्सिल नेपालले सार्बजनिक गरेको दुई आर्थिक बर्षको पत्रपत्रिका वर्गीकरण नतिजामा अभियान साप्ताहिक प्रदेश क बर्गमा वर्गीकृत भएको हो।

शुक्रबार बसेको काउन्सिलको बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ।व। २०७५र०७६ र २०७६र०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको थियो।काउन्सिलका अनुसार आर्थिक बर्ष २०७५र ७६ को बर्गीकरणमा २१९ वटा क वर्गमा,४ सय ७६ वटा ख वर्गमा १ सय ३७ वटा ग बर्गमा र १५ वटा घ बर्गमा बर्गीकृत भएका छन् ।३६ वटा पत्रपत्रिका नियमित भएर पनि हुबहु भएका कारण बर्ग कायम नभएको काउन्सिलले जनाएको छ। आ।व। २०७५र०७६ को वर्गीकरणको लागि ८८३ प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२पत्रपत्रिकाले फारम भरेका थिए।

त्यस्तै, आर्थिक वर्ष २०७६र०७७ को वर्गीकरणका लागि ८७८ प्रदेशस्तर, १६९राष्ट्रियस्तर १४९ र स्थानीयस्तरका लागि ५६० पत्रपत्रिकाले आवेदन दिएकोमा २ सय ३९ क , ४ सय ३१ ख, १ सय ६३ बर्ग र ४५ वटा हुबहुमा परेका छन् । यो आर्थिक बर्षमा घ बर्गमा भने कुनै पत्रपत्रिका नपरेको काउन्सिलले जनाएको छ।

नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने पनि काउन्सिलले जनाएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports