नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस मुख्यालयको गेटको ताला खुल्यो

728
shares

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मूल गेटमा लगाइएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि गेटमा लगाइएको ताला खोलिएको हो।

ताला लगाउने कार्यको नेतृत्व गरेका युवा नेता शिव रिमालले  यसको जानकारी दिए। नेता रिमालका अनुसार कार्यवाहक सभापति खड्काले निम्न तीन प्रतिबद्धता जनाएका छन्:

१. १५ औँ महाधिवेशनको मिति तोक्ने: नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।

२. क्रियाशील सदस्यताको विवरण सार्वजनिक: विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने।

३. युवाको माग सम्बोधन: ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports