गृहमन्त्री अर्याल माथि खनिय सुदन , प्रधानमन्त्रीको प्यारो बनेर कुर्सी बच्छ भनेर नसोच्नु
वि.सं.२०८२ कात्तिक २० बिहीवार १३:४२
shares

हामी नेपालीका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । बिहीबार मध्याह्न सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै गुरुङले गृहमन्त्री अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।
अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको गुरुङको आरोप छ । यस्तो अवस्थामा पदमा बसिरहनु राष्ट्रप्रतिकै अपमान भएको गुरुङको भनाइ छ । ‘देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने आवाज उठ्दा जेन्जीलाई कारबाही गर सुन्ने गृहमन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ सामाजिक सञ्जालमा गुरुङले लेखेका छन् ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’वर्तमान सरकार गठन भएको दुई महिना पुग्न लाग्दासमेत कुनै पनि भ्रष्ट र हत्यारालाई कारबाही नभएको गुरुङको आरोप छ । ‘अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्यासमेत सहेर बसें । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ । किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् । एकदिन र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईँबाट आशा मरिसकेको छ,’ उनले लेखेका छन् ।
८४ को चुनाव ८२ मा सार्नलाई जेनजी आन्दोलन नगरिएको उनको भनाइ छ । नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने चुनाव हुन नदिने गुरुङले चेतावनी दिएका छन् ।यसअघ आजै बिहान पनि गुरुङले गृहमन्त्री अर्याल पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारकै पारामा ढल्किएको आरोप लगाएका थिए । उनले शक्तिशालीलाई नुछ्ने ओलीको पारामा ढल्किएको हो भनेर गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए । ‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा-गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ,’ उनले लेखेका थिए ।



































