नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालको पहिलो जित

1.12K
shares

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले १७ बलमा ५५ रन बनाएर रिटायर भएका थिए । सन्दीप जोराले अविजित ४७ तथा लोकेश बमले अविजित ३१ रन बनाए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब यूएईसँग भोलि खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports