नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने

1.46K
shares

काठमाडौं। चुनावको प्रचारप्रसारका क्रममा भएको भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने भएको छ । यो विषयलाई निर्वाचन आचारसंहितामा राखिँदैछ ।

निर्वाचन आयोग आगामी फागुन २१ को चुनावका लागि आचारसंहिता निर्माणमा जुटेको छ । जसमा चुनावको प्रचारप्रसारमा भएको फोहोर सम्बन्धित दल वा समूहले नै सफा गर्नुपर्ने विषय आएको छ । प्रारम्भिक आचारसंहिता अनुसार ‘सभा, जुलुस, र्‍याली वा घरदैलो जस्ता निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिए पश्चात सम्बन्धित दल तथा उम्मेदवारले प्रयोग गरेका सामाग्रीहरू अनिवार्यरुपमा संकलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ।’

राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल वा दलको भातृसंगठनले यस्तो आचरणको पालना गर्नुपर्ने हुन्छ । अन्यथा, आचारसंहिता उल्ंघन गरेको ठहरिनेछ ।आचारसंहितामा हरित निर्वाचन (ग्रिन ईलेक्सन)सम्बन्धी आचरण हुनुपर्ने लगायतका विषय पनि राखिँदैछ । उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिले वतावरणमैत्री र प्रदुषण नियन्त्रणमा योगदान पुर्‍याउनुपर्ने भनिएको छ । निर्वाचन प्रचारप्रसार गर्दा पनि वतावरणमैत्री हुनुपर्छ ।निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली बा घरदैलो कार्यक्रम गर्दा पनि वातावरणमैत्री सामाग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । निर्वाचन प्रचारप्रसार गर्दा डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

निर्वाचन प्रचारप्रसार सभा जुलुस वा र्‍यालीमा ध्वनिप्रदुषण, जलप्रदुषण वा वायुप्रदुषण लगायतका प्रदुषण न्यून गर्ने उपाय अवलम्वन गर्नुपर्छ ।निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्नेगरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालत गर्न प्रोत्साहन गर्नुपर्ने विषयलाई आचरण अन्तर्गत राखिएको छ ।निर्वाचन प्रचारप्रसार सभा जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा पलाष्टिक वा पोलिथिन जस्ता अजैविक सामाग्रीको प्रयोग गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सवारी साधन प्रयोग गर्दा ईलेक्ट्रिक वा नविकरणीय उर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

सभा जुलुस वा र्‍याली जस्ता कार्यक्रम गर्दा वातावरणमा हानिकारक असर नपर्नेगरी वातावरणमैत्री तवरले गर्नुपर्ने भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports