सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल खुला विश्वविद्यालयकाे उपकुलपतिमा शिलु बज्राचार्य नियुक्त

572
shares

नेपाल खुला विश्वविद्यालयकाे उपकुलपतिमा शिलु बज्राचार्य नियुक्त भएकी छन्।साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

८ महिनापछि विश्वविद्यालयले उपकुलपति पाएको हो। उनी विश्वविद्यालयको उपकुलपति बन्ने नेपालकै दोस्रो महिला हुन्। यसअघि सुदूरपश्चिम विश्वविद्यालयमा भुषण श्रेष्ठ पहिलो उपकुलपति बनेकी थिइन्।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदी संयोजकत्वको सिफारिस समितिले बज्रचार्यसहित प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. इन्द्रबहादुर कार्कीको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।

शंकरदेव क्याम्पसको पूर्वप्रमुख समेत रहेकी नवनियुक्त उपकुलपति बज्राचार्य यसअघि खुला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायको डिन थिइन्।त्रिभुवन विश्वविद्यालयको प्राध्यापक उनले त्रिविबाटै व्यवस्थापन संकायमा विद्यावारिधि गरेकी छिन्। खुला विश्वविद्यालयमा शिक्षामन्त्री कुलपति रहन्छन्। कुलपतिको प्रस्तावमा मन्त्रीपरिषद्ले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports