सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चि बन्यो एनपीएलको दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली

806
shares

काठमाडौं, १३ मंसिर । सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहेर प्लेअफमा पुगेको हो ।जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभारमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

साविक विजेता जनकपुरको यो चौथो हार हो । जारी सिजनमा कुनैपनि खेल नजितेको जनकपुर अंक तालिकाको पुछारमा छ ।पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports