सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपिएल : सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य

1.27K
shares

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत साविक विजेता जनकपुर बोल्ट्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनायो।जनकपुरका लागि मध्यक्रमका ब्याटर सञ्जय कृष्णमूर्तिले अर्धशतक प्रहार गरे। कृष्णमूर्तिले ३८ बलमा ५० रन बनाउदा ४ चौका र २ छक्का प्रहार गरे। खराब सुरुवात गरेको जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख इनिङको चौथो बलमै सुदूरपश्चिमका स्कट कुगेइलिनबाट बोल्ड भएका थिए। दुई ओभरपछि मयन यादव पनि ६ रनमा आउट भएपछि जनकपुर सुरुमै दबाबमा आउन पुग्यो। मयनलाई पनि कुगेइलिनले नै एबलिडब्लूको धरापमा परेका थिए।

जनकपुरको विकेट जाने क्रम रोकिएन। ओपनिङ गरेका पाकिस्तानी ब्याटर माज सदाक छैटौं ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबाट १२ रन बनाएको अवस्थामा बोल्ड भए। यसरी पावरप्लेमै उसले तीन विकेट गुमायो भने ३५ रन मात्र बनाउन सक्यो।त्यसपछि यान निकोल लोफ्टी इटनले ३९ रनको योगदान दिँदा जनकपुरको आसा पलायो। उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे।

कृष्णमूर्तिले पाँचौ विकेटका लागि आदित्य महतासँग ५५ रनको साझेदारी गरे। उनी १८औं ओभरको दोस्रो बलमा अविनास बोहराबाट बोल्ड भए। लगत्तैको बलमा बोहराले शुभ कंसाकरालाई आरिफ शेखबाट क्याच गराए। आदित्यले १९औं ओभरमा आउट हुनुअघि१३ बलमा १५ रन बनाए।अन्तिम बलमा आउट भएका कप्तानको जिम्मेवारी पाएका वाइन पार्नेलले १२ बलमा १ चौका र १ चौकाको मद्दतमा १४ रन बनाए।

बलिङमा सुदूरपश्चिममा अविनासले ४ विकेट लिए। उनले ४ ओभरमा ३० रन दिए। कुगेइलिनको नाममा ३ विकेट रह्यो। उनले ४ ओभरमा २२ रन दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिँदा ३ ओभरमा ३० रन दिए।जारी सिनजमा सुदूरपश्चिमले लगातार चार खेलमा जित निकालेको छ भने जनकपुर भने लगातार तीन खेलमा पराजित भइसकेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports