सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी

442
shares

मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ ।दशरथ रंगशालामा जारी खेलको ११औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर जोगाएका थिए । त्यसपछि नेपालका आशिष लामाले दिएको पास पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए ।

लगत्तै मरिससले बराबरी गर्ने अवसर पाए पनि फिनिसिङमा चुक्दा नेपालले जितेको हो । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाइभ गर्दै बचाए ।

पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए ।खेलको ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोटलर तथा ८०औं मिनेटमा मरिससका एमानुएल फलचन्दले रातो कार्ड पाए । दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेन् ।योसँगै नेपालले मरिससविरुद्धको दुबै मैत्रीपूर्ण खेल जितेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल पनि नेपालले १-० ले जितेको थियो । उक्त खेलमा विमल घर्ती मगरले गोल गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports