सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘गोप्य’ अथवा लुकाइएको दस्तावेज छैन: एमसीए नेपाल

442
shares

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्‍य माध्‍यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको प्रष्ट पारेको हो ।पछिल्लो समय सत्तारुढ गठबन्धनका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी लुकाइएका केही सम्झौताहरु आफूहरुले फेला पारेको भन्दै विभिन्‍न सञ्‍चारमाध्यमहरुमा अन्तर्वार्ता दिएको समाचारहरु आएपछि त्यसको खण्डन गर्दै एमसीए नेपालले कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने भन्‍दै कुनै पनि दस्तावेज नलुकाइएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा एमसीए नेपालले भनेको छ, ‘… एमसीए नेपाल नेपाल सरकारको जिम्‍मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि सरकारबाट कार्यान्वयन गर्न लगिएको सम्झौता भएकाले यससम्बन्धि कुनै पनि दस्तावेज गोप्‍य राखिनु वा लुकाउनु एमसीए नेपालको पारदर्शिताप्रतिको प्रतिवद्धता विपरीत हुन्छ। साथै सरकारबाट स्वीकृत सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्‍यांकन प्रतिवेदन’लाईसमेत गोझप्‍य भन्‍नु आफ्नै देशका निकायहरुको उपेक्षा गर्नु हो । यस्ता गलत सूचनामा विश्‍वास नगर्न र नगराउन अनुरोध छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports