नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेनजीहरुको विरोध प्रदर्शनको फाइदा हाइज्याकहरुलाई

2.18K
shares

 

काठमाडौ । निर्वाचनको मिति नजिकिँदै गर्दा समेत राजनीतिक दलहरु र जनतामा कुनै प्रकारको उत्साह देखिएको छैन । फागुन २१ गते संसदको निर्वाचन गर्ने मुख्य म्याण्डेट पाएकी प्रधानमन्त्री सुशिला कार्की आफैँ दोधारमा रहेकी छन् । कतै सर्बोच्च अदालतले आफ्नो नियुक्तिलाई बदर गरिदिन्छ कि भन्ने चिन्तामा उनी रहेको उनी नजिकैको व्यक्तिहरुले बताउन थालेका छन् ।
मुलुकका अहिलेका ठुला दल रहेका नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद विघटन असम्वैधानिक ठहर गरिरहेका छन् भने अहिलेसम्म प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग वार्ता गर्न सकेकी छैनन् ।
विघटित प्रतिनिधिसभाका दुई ठुला दलहरु निर्वाचनको लागि तयार नभएको अवस्थामा निर्वाचन हुन सक्दैन । निर्वाचनका लागि १४३ दलहरुले दर्ता भएका भएपनि उनीहरुको जनतामा कुनै पहुँच नभएको र उनीहरु जनताको माझमा समेत पुग्न नसकेका हुनाले र जनतासँग प्रत्यक्ष सम्पर्कमा नेपाली कांग्रेस र नेकपा एमाले नै भएकाले उनीहरुले तल्लो तहका आफ्नो नेता तथा कार्यकर्ताहरुलाई चुनावका लागि परिचालन नगरेसम्म निर्वाचन हुन सक्दैन ।
नेकपा एमालेले प्रधानमन्त्री कार्कीको नियुक्ति र संसदन विघटन असम्वैधानिक ठहर गर्दै प्रधानमन्त्रीको नियुक्ति र संसद विघटनलाई असम्वैधानिक भन्दै पुर्नस्थापनाका लागि सर्बोच्च अदालतमा रिट निवेदन दायरा गरिसकेको छ सर्बोच्च अदालतको सम्वैधानिक इजलासले कारण देखाउ आदेश समेत जारी गरिसकेको छ ।
कांग्रेसले समेत संसद विघटन र प्रधानमन्त्रीको नियुक्ति असम्वैधानिक भनिसकेको अवस्थामा अब अदालतले दिने निर्णय नै अन्तिम हुने र निर्वाचन हुने नहुने टुँगो त्यसबेला मात्र लाग्नेछ । जेनजीहरुले आफ्नो विरोध प्रदर्शनलाई हाइज्याक गरिएको बताएका थिए तर आजसम्म उनीहरुलाई कारबाही गरिएका छैन किन सरकार ?
भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शनमा घुसपैठ गरेकै व्यक्तिहरु अहिले सरकारमा रहेको र जेनजीहरुले समेत आफ्नो विरोध प्रदर्शनलाई हाइज्याक गरेर केही स्वार्थी व्यक्तिहरुले फाइदा उठाइरहेका बताउँदै आएका र जेनजीहरु निर्वाचनमा गएपनि खास सफलता उनीहरुले नपाउने र त्यसको फाइदा हाइज्याक गर्नेहरुले उठाउने निश्चित जस्तै छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports