२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कार्की सरकारकै कारण निर्वाचनमा आशंका

3.63K
shares

 

भाद्र २७ गते संविधानको ठाडो उल्लंघन गर्दै प्रधानमन्त्रीमा नियुक्तभएकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई आउँदो फागुन २१ गते संसदको निर्वाचन गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी दिएको छ । निर्वाचन गर्ने सर्तमा प्रतिनिधिसभा विघटन गरिएको छ । जेनजीहरुको माग सम्बोधन गर्न सक्ने अवस्था संसदबाटै रहेको बेला संसद विघटन गरिनु अर्को षड्यन्त्र हुने हो कि भन्ने आशंका जनतामा रहेको छ । राजनीतिक दलहरुले संसद विघटनको मुद्दालाई सर्बोच्च अदालतमा प्रवेश गराएका छन् । संसद विघटन गरिएको भन्दै दलहरुले विरोध जनाइरहेका छन् । सम्वैधानिक सर्बोच्चता कायम गर्नुपर्ने दायित्व अब अदालतमा रहेकाले अदालतले जति सक्दो छिटो सो मुद्दाको टुँगो लगाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने अवस्था देखिएको छ ।
निर्वाचन गर्ने दायित्व रहेको कार्की सरकारले विभिन्न सम्वैधानिक आयोग र राजदूतहरुको बाटो खोल्ने प्रयोजनका लागि अध्यादेश सिफारिस गरेको छ । राजदूत फिर्ता बोलाइएको र राजदूत विहिन बनाइएको मुलुकहरुमा राजदूत नियुक्त गर्ने उदेश्यले र संविधान विपरित अध्यादेश ल्याउने कार्की सरकारको निर्णय आफैँमा गलत र संविधान विपरित रहेको छ । संविधानमा प्रष्ट रुपमा उल्लेख भएको संसदीय सुनुवाईको व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गर्ने प्रयास गर्नु कार्की सरकारको अर्को असम्वैधानिक कार्य हो । आफ्नो नियुक्ति समेत असम्वैधानिक रहेको भन्दै सर्बोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा अध्यादेशबाट संविधान संशोधन गर्न खोज्नु कार्की सरकारको अर्को अपराधपूर्ण कार्य हो । प्रधानमन्त्री कार्की आफैँ कानुनविद् रहेकी र उनको सरकारमा रहेका मन्त्रीहरु समेत कानुनका ज्ञाता रहेकाले किन उनीहरु संविधान विपरितका कार्य गर्न अग्रसर रहे अब त्यसको खोजविन गर्नुपर्ने आवश्यकता देखिएको छ । कार्की सरकारका केही मन्त्रीहरुले गरेका निर्णयहरु समेत विवादमा परेका छन् ।
सर्बोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णयलाई रोक लगाएको भएपनि सरकारले त्यसलाई कार्यान्वयन गरेन । उल्टो उनीहरुलाई फिर्ता बोलाएर परराष्ट मन्त्रालयमा हाजिर गर्न लगाएर उनीहरुलाई तलबभत्ता दिइरहेको छ । सरकारले निर्वाचनसँग सरोकार नै नभएको सुशासन पनि नसुध्रिने निर्णय गर्न थालेको छ । आफ्नो जिम्मेवारीलाई भुलेर कार्की सरकार राजनीतिक दलका शिर्ष नेतालाई स्थानहद गर्ने निर्वाचन प्रचार प्रसारमा जिल्ला गाउँ जाँदा सुरक्षा नदिने जस्तो कार्यले गर्दा कार्की सरकारको चौतर्फी आलोचना सुरु भएको छ । जेनजीहरुको जगको बलमा प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीकै कारण जेनजीहरु समेत उनको विरोधमा सडकमा उत्रिएका छन् । जेनजीहरुका विभिन्न समूह रहेका र त्यस्ता समूहलाई विभिन्न व्यक्तिहरुले सञ्चालन गर्ने गरेका तथ्यहरु बाहिर आएका छने भने सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल समेतले जेनजीहरुलाई प्रयोग गरिरहेको भन्ने समाचारहरु मिडियामा सार्वजनिक भइरहेका छन् ।
आफैँले पाएको मुख्य जिम्मेवारी निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणलाई एकातिर राखेर निर्वाचनको कुरा गर्ने तर व्यवहार भने राजनीतिक दलरुलाई उपेक्षा गरेर उनीहरुको विरोध गर्न जेनजीहरुलाई उक्साउने कार्य प्रधानमन्त्री र उनका मन्त्रीहरु नै लागि परेको हुनाले निर्वाचनको वातावरण बन्न सकेको छैन अब निर्वाचन हुन ९० दिनमात्र बाँकी रहेका बेला जेनजीहरुले भने कानुनको उल्लंघन गर्दै प्रायः प्रत्येक दिन सिंहदरबार घेर्ने, प्रधानमन्त्रीको सरकारी निवास घेराउ गर्ने र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई सभा जुलुस गर्न नदिने सभा सम्मेलन गर्ने ठाउँमा घेराउ गर्ने जस्ता कार्यहरु भैरहेका हुनाले के उनीहरुलाई कानुन लाग्दैन ?
निर्वाचन हुनका लागि स्वच्छ वातावरणको आवश्यकता हुन्छ राजनीतकि दलका नेता तथा कार्यकर्ताहरु आफ्नो दललाई मत माग्न गाउँ गाउँ पुग्ने र मत माग्न पाउने वातावरण बनाउने दायित्व सरकारको हो तर सरकारले अहिलेसम्म त्यस्तो वातावरण बनाउन सकेको छैन । गृहमन्त्री अर्याल जसरी भएपनि एमाले अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्ने अडानमै रहेका छन् । अर्याल भाद्र २३ र २४ गते भएको घटनालाई एउटै डालोमा हालेर नेताहरु माथि कारबाही गर्नुपर्ने पक्षमा रहेकाले त्यसैको परिणाम स्वरुप ओली लेखक लगायतका केहीलाई स्थानहद गरिएको छ । उनीहरुलाई जसरी भएपनि गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान लिनुपर्दछ भन्दै गृहमन्त्रीले बयान लिन नमानेको खण्डमा पक्राउ गरेरै भएपनि बयान लिने उद्घोष गर्दै आएका हुनाले प्रधानमन्त्री कार्की गृहमन्त्री अर्याल र जेनजीहरुकै केही समूहका कारण निर्वाचन हुन नसक्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना हामीले देखेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports