एसिया कपको लागि नेपाली युवा टोलीको घोषणा, को-को रहे टोलीमा ?
वि.सं.२०८२ मंसिर २३ मंगलवार १७:२९
shares

नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरेको छ।
क्यानले मंगलबार अशोक धामीको नेतृत्वमा नेपाली युवा टोली घोषणा गरेको हो। निराज यादवलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
त्यस्तै, नेपाली टोलीमा दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्। यू-१९ एसिया कप १२ डिसेम्बरदेखि यूएईमा सुरु हुँदै छ।





































