एमाले अध्यक्षमा केपी र महासचिवमा पोखरेल विजयी
वि.सं.२०८२ पुस ३ बिहीवार १३:३१
shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रो पटक अध्यक्षमा बाजी मारेका हुन् ।
ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।
त्यसैगरी महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।






































