सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश शेयर धनीलाई दिने

1.46K
shares

काठमाडौं । नेपाल टेलिकमलेले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो ।लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृहमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

सभाले पारित गरेको उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिने कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports