सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सम्पत्ति विवरण हामीले बुझाएका छौँ, प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेन : मन्त्री कुलमान घिसिङ

2.13K
shares

काठमाडौँ । जेनजी आन्दोलनको जगमा सुशासनको कुरा उठाउँदै गठित वर्तमान सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सय दिन बितिसक्दा पनि सार्वजनिक भएको छैन ।

सम्पत्ति विवरण सार्वजनिक नभएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला सहरी विकासमन्त्री कुलमान घिसिङले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दोष थुपारिदिएका छन् ।मन्त्रालयमा आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक नगरेको बताएका हुन् ।

‘लामो समयसम्म कर्मचारीको हैसियतमा विवरण बुझाएकै हुन्थ्यो । यो वर्ष क्याबिनेटमा सबैले समयभित्रै गर्नु भएको थियो । सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालय हो,’ उनले भने, ‘हामी ट्रान्फरेन्सिमा र सुशासनको विषयमा हामी कटिबद्ध छौँ। मन्त्रालयअन्तर्गत सुशासनको विषयलाई कठोरताका साथ लागू गर्नुपर्छ हामी जेनजी आन्दोलनबाट आएका छौँ भनेर लागेका छौँ । अहिलेसम्म कुनै पनि ठाउँमा कम्रमाइज गरेका छैनौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports