सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरका जेष्ठ नागरिकलाई आजबाट घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने

806
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।

कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वस्थ्य सेवा अस्पतालमा सीमित नरहने बताएकी छन् । डंगोलका अनुसार आजबाट जटिल विरामीलाई अस्पतालसम्म लैजाने काम समेत महानगरले सहजीकरण गर्नेछ ।डंगोलले वक्तव्य जारी गर्दै भनेकी छन्, ‘अब स्वास्थ्य सेवा अस्पतालमै सीमित रहने छैन । ७० वर्षभन्दा माथिका अभिभावकहरूका लागि घरमै आधारभूत स्वास्थ्य सेवा काठमाडौं महानगरपालिकाले आजबाट शुरु गर्दैछ ।

स्वास्थ्य सर्वेक्षणदेखि स्वास्थ्य प्रवर्द्धनसम्मको सहजीकरण, नियमित परीक्षण, आवश्यक औषधि, परामर्शदेखि जटिल अवस्थामा अस्पतालसम्मको सहजीकरण—सबै सेवा घरदैलोमै ।’असक्त हुँदा महानगरपालिकाको सेवा, जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा भन्ने नाराका साथ यो अभियान थालिएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports