सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भिडतन्त्रको प्रधानमन्त्री बालेन ?

1.2K
shares

 

काठमाडौ । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आउन अब २८ दिनमात्र बाँकी रहेको छ । नयाँ पुराना सबै दलहरु निर्वाचन केन्द्रीत भएपनि निर्वाचन निष्पक्ष धाँधलीरहित र भयमुक्त वातावरणमा हुन्छ भन्ने आधारहरु अहिलेसम्म देखिएको छैन ।
असम्वैधानिक तवरबाट सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई गत भाद्र २७ गते मध्यरातमा प्रधानमन्त्रीमा नियुक्त गरियो र तिनै प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन समेत गरियो । कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रतिनिधिसभा जिवितै थियो । त्यसैले प्रधानमन्त्रीको नियुक्ति र संसद विघटन असम्वैधानिक हो ।
संविधानले चिन्दै नचिनेको व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गरिनु र उनैको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नु संविधानको उल्लंघन मात्र नभएर संसदको अधिकार खोसेर राष्ट्रपतिकहाँ पु¥याउनु हो । संसदले मात्र प्रधानमन्त्री नियुक्त गर्न सक्ने र संसदले नै प्रधानमन्त्रीलाई अविश्वासको मतबाट हटाउन सक्ने कानुनी र सम्वैधानिक व्यवस्थालाई जेनजीहरुको विरोध प्रदर्शन र त्यही विरोध प्रदर्शनमा घुसपैठ गरेका व्यक्तिहरुको सिफारिसा प्रधानमन्त्री नियुक्त गरिने संसदीय व्यवस्थाका लागि भाद्र २७ गते कालो दिन हो भने राष्ट्रपतिले समेत कंकलको टिका लगाएका छन् ।
संसद भवन जल्ला रमाउनेहरु अहिले रास्वपाबाट संसदको उम्मेदवार बनेका छन् । काठमाडौका तत्कालिन मेयर बालेन साहलाई रास्वपाले आफ्नो पार्टीका वरिष्ठ नेता बनाएर उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । तर, बालेन साहले काठमाडौबासीलाई निर्वाचनको बेला दिएका आश्वासन पुरा नगरि व्यक्तिगत स्वार्थका लागि मेयर पदबाट राजिनामा दिएर संसदको उम्मेदवार बन्नु महत्वकांक्षा बढी भएको देखिन्छ । साहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले चेकजाँच गर्दा उनले सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका थिए । सिंहदरबारमा आगो लाग्यो तर सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने साहमाथि कुनै अनुसन्धान र छानविन सम्म भएन किन ए कार्की सरकार !
जेनजीहरुको विरोध प्रदर्शनलाई साहले सहयोग गरेका र उनले काठमाडौका नगर प्रहरीहरुलाई विरोध प्रदर्शनमा पानी बाँड्न पठाएका थिए तर भाद्र २४ गते सिंहदरबार, सर्बोच्च अदालत लगायत धेरै सरकारी भवनहरुमा आगो लाग्दा काठमाडौ महानगरमा भएका दमकल समेत साहले प्रयोग गर्न दिएनन् त्यसैले प्रष्ट हुन्छ बालेन साह नै भाद्र २३ र २४ गतेको विध्वसात्मक कार्यका नाइके हुन् भनेर ।
यस्तो विध्वसात्मका कार्य गर्न साहलाई भिडतन्त्रले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु भनेको विध्वसकारीलाई र त्यही साहले नै जलाउने भनिएको सिंहदरबारमा पु¥याउनु हो । यी सबै कारणहरुले गर्दा मुलुकमा अब सुशासन र भ्रष्टाचार नियन्त्रण होइन अराजकता र भिडतन्त्रको शिकार हुने सम्भावना बढ्दै गएको छ । काठमाडौबासीलाई धोका दिएका साहलाई झापाका जनताले बदला लिनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports