सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं निर्वाचन कार्यालयले दियो चेतावनी मतदातालाई प्रभावित पारे कारर्वाहि गर्ने

1.6K
shares

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताबारे स्मरण गराएको छ।

शनिबार सूचना जारी गर्दै कार्यालयले मतदानभन्दा १७ दिन अघिदेखि मात्रै प्रचार प्रसार तथा घरदैलो गर्न पाइने र यसबारेमा पटक पटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन समेत गरेर जानकारी गराइएको भए पनि पूर्ण कार्यान्वयन नभएको पाइएको जनाएको छ।

‘कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूले उक्त व्यवस्थाको उल्लंघन गरी कोणसभा गर्ने, प्रचार प्रसार सामग्री प्रकाशन / प्रसारण गर्ने र घर दैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएको हुँदा यस प्रकारका कार्य नगर्न/नगराउन हुन अनुरोध छ,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

कोही कसैबाट आचारसंहिताको उल्लंघन गरी कुनै पनि तरिकाले प्रचार प्रसार गरेको प्रमाण प्राप्त भए कानुन बमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ।

त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ता र केही अनलाइन सञ्चार माध्यमहरूले पनि मतदाताको गोपनीयता भंग गर्ने काम गरिरहेको आयोगले जनाएको छ।

‘कसलाई मत दिनुहुन्छ भन्ने जस्ता प्रश्नहरु गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको, यसले जित्ने संभावना छ अथवा यसको पल्ला भारी छ भन्ने जस्ता समाचार प्रकाशन गर्ने गरेको, मत सर्भेक्षण गर्ने गरेको आदि जानकारी प्राप्त हुन आएकोले उक्त कार्यहरु निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य हुने हुँदा यस्ता कार्यहरु नगर्न/नगराउनु हुन अनुरोध छ,’ आयोगले भनेको छ।

साथै यस्ता कार्यहरु उपर प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने आयोले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports