सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

1.34K
shares

नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार तुलसीपुर उपमहानगर-७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रेशम बोहराले जानकारी दिए।

दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो।उक्त भिडिओ आएपछि बस्नेतलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports