सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पलाई झडका : ट्रम्पले लगाएको नयाँ भन्सार निति अदालतले गर्यो खारेज

1.3K
shares

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षदेखि लागू गरेको विश्वव्यापी भन्सार महसुल अर्थात् (ट्यारिफ)सम्बन्धी निर्णयलाई बदर गरिदिएको छ । गएको नोभेम्बरमा ट्यारिफसम्बन्धी बहस सुनेको सर्वोच्च अदालतले अन्ततः ट्रम्पको आर्थिक एजेन्डालाई ठूलो धक्का पुग्ने गरी फैसला सुनाएको हो ।

ट्रम्पले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय गरेको ठहर गर्दै अदालतले बहुमतले बदर गर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ । प्रधानन्यायाधीश जोन रोबर्टससहित ३ अनुदारवादी न्यायाधीश र तीन उदारवादी न्यायाधीशहरूले महसुलको विपक्षमा मतदान गरेका थिए भने तीन जना न्यायाधीशले असहमति जनाएका थिए ।सर्वोच्चले आफ्नो फैसलामा राष्ट्रपतीय शक्तिलाई राष्ट्रिय आपतकालका लागि सुरक्षित गरिएको कानुन प्रयोग गरी व्यापक रूपमा महसुल थोपर्नु गलत भएको उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको निर्णयमा राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाएका छन् । साथै उनले सर्वोच्च अदालतले खारेज गरेको फैसलालाई प्रतिस्थापन गर्न १० प्रतिशत नयाँ विश्वव्यापी भन्सार कर लगाउने बाचा समेत गरेको बीबीसीले जनाएको छ ।ट्रम्पले सर्वोच्च अदालतमा आफ्नो कुरा नसुनिएको बताएका छन् । न्यायाधीशहरूले देशको लागि आफ्नो सर्वोत्तम काम नगरेको ट्रम्पको आरोप छ ।

ट्रम्पले १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत १० प्रतिशत विश्वव्यापी कर लगाउने आदेशमा हस्ताक्षर गर्ने बताए । यो ऐनले राष्ट्रपतिलाई प्रमुख र गम्भीर भुक्तानी सन्तुलन समस्या भएका कुनै पनि र सबै देशहरूमा १५० दिनको लागि १५ प्रतिशतसम्मको कर लगाउन अनुमति दिन्छ। यी करहरू हाल लागू गरिएका करहरूको अतिरिक्त हुनेछन् र अमेरिकी सर्वोच्च अदालतले खारेज गरेका केही आपतकालीन करहरूलाई प्रतिस्थापन गर्नेछन् ।

तर, अमेरिकी सर्वोच्च अदालतका अनुसार, अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिलाई शुल्क लगाउन अनुमति दिँदैन ।ट्रम्पले पहिलोपटक फेब्रुअरी २०२५ मा कर लगाएका थिए । उनले चीन, मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा कर लगाएका थिए । त्यसपछि ट्रम्पले अप्रिलमा फेरि यो कानून प्रयोग गरे, लगभग सबै देशबाट आउने सामानहरूमा १० देखि ५० प्रतिशतसम्मको कर लगाउने आदेश दिए । यद्यपि, ट्रम्पका सबै करहरू हटाइएका छैनन् । स्टील, आल्मुनियम, काठ र अटोमोबाइल उद्योगसँग सम्बन्धित करहरू प्रभावित भएनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports