निर्वाचनको मुखमा पूर्वसांसद पहाडी एमालेमा प्रवेश
वि.सं.२०८२ फागुन १६ शनिवार १४:१३
shares

नेपाल दलित पत्रकार संघको अध्यक्षसमेत रहेका पहाडीलाई एमाले उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार बिष्णु पौडेल,एमाले सचिवे छविलाल बिश्वकर्मा,पूर्व नुख्यमन्त्री लीला गिरीलगायतले स्वागत गरेका छन् ।
सो अवसरमा नेकपा बुटवल नगर सदस्य सरोज गौतम, जनक गौतम पनि एमाले प्रवेश गरे । प्रवेश कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पार्तीले क्षमता योग्यता र अनुभवको कदर गर्दै उचित जिम्मेवारी दिइने जानकारी दिए ।
सो अवसरमा बोल्दै पहाडीले एमालेमाथि चौतर्फी आक्रमण भैरहेको हुँदा देश बचाउन एमालेलाई बलियो बनाउन प्रवेश गरेको जानकारी दिए ।
































