सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले डिपोर्ट गरेका ९५ जना नेपाली आइपुगे

1.43K
shares

काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरू शनिबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् ।

“अमेरिकाले डिपोर्ट गरी पठाएका ९५ जना नेपाली आज बिहान ८ बजे काठमाडौं आइपुगेका छन्,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले भने ।एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो ।

अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ ।डिपोर्ट गरिएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे यहाँस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराउने गरेको छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ । खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर)का बारेमा सूचना लिने कार्य प्रहरीले गर्छ ।अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports